घरसँगै जलेर झापामा एकै परिवारका चार जनाको मृत्यु

घरसँगै जलेर झापामा एकै परिवारका चार जनाको मृत्यु


झापा – शिवसतासी नगरपालिका–७ लाल्झोडामा अचानक राति ९ बजे घरमा लागेको आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ।  घरमा अचानक राति ९ बजे खनाल परिवारको घरमा लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

परिवारकको सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन्।  आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।