चार महिनामा मोदीको दोस्रो रुस भ्रमणप्रति पश्चिमा देशहरू संशकित

चार महिनामा मोदीको दोस्रो रुस भ्रमणप्रति पश्चिमा देशहरू संशकित


काठमाण्डु-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः रुस भ्रमणमा जान लागेका छन् । अक्टोबर २२ देखि २४ सम्म रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उनी रुस जान लागेका हुन् ।

मोदीले चार महिनामै दोस्रो पटक रुसको भ्रमण गर्न लाग्गेका हुन् । गत जुलाईमा पनि उनी रुसको भ्रमण गरेका थिए ।

भारतका लागि रुस पेट्रोलियम पदार्थ र हतियारको महत्वपूर्ण आपूर्तिकर्ता हो । तर युक्रेन युद्धका कारण रुस पश्चिमा देशहरूसँग टाढा भइरहेको र चीनसँगको बढ्दो सम्बन्धले रुस र भारतबीचको सम्बन्धमा प्रश्न उठिरहेको छ ।

भारतले युक्रेनमा रुसी युद्धको विरोध गरेको छैन । दुई देशबीचको युद्धको शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्न भारतले प्रस्ताव गर्दै आएको छ । युरोपमा पुराना खरिदकर्ताहरूले छोडेको अवस्थामा भारत रुसी कच्चा पेट्रोलियम पदार्थको मुख्य ग्राहक बनेको छ ।

मोदीको रुस भ्रमणलाई पश्चिमा सञ्चारमाध्यमहरूले प्राथामिकताका साथ चर्चा गरिरहेका छन् ।