अब ट्रायल पासपछि लाइसेन्स कार्ड नचाहिने, नियम उल्लंघनको भुक्तानी ठाउँको ठाउँ

अब ट्रायल पासपछि लाइसेन्स कार्ड नचाहिने, नियम उल्लंघनको भुक्तानी ठाउँको ठाउँ


काठमाण्डु– सरकारले ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको बताएका हुन् ।

प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै नागरिक एपबाटै लाइसेन्सको काम हुने प्रस्ट पारेका छन् ।

ओलीले लेखेका छन् ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ । लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको जनाएका छन् ।

प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै नागरिक एपबाटै लाइसेन्सको काम हुने प्रस्ट पारेका छन् ।