इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासलाई लक्षित गरेर ड्रोन हमला

इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासलाई लक्षित गरेर ड्रोन हमला


काठमाण्डु – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई लक्षित गरेर शनिबार लेबनानबाट ड्रोन हमलामा भएको छ ।

इजरायलको प्रधानमन्त्रीको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको जनाएको छ ।

टाईम्स अफ इजरायलको रिपोर्टअनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य २ ड्रोनहरू इजरायलको हवाई सुरक्षाद्वारा खसालेका थिए ।

इजरायल र हमासबीच चलिरहेको द्वन्द्वको बीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भने, ‘यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।’

इजरायलले हमास प्रमुख र ७ अक्टोबरमा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरे । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य २ आतंककारी इजरायलले मारेको खुलासा गरेको छ ।

नेतान्याहुले हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको खुलासा गरेका छन्, जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिकहरू रहेका छन् ।