महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी

महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी


काठमाण्डु – ललितपुरको सातदोबाटोमा रोकिराखेको बसमा आगलागी भएको छ ।

शनिबार साँझ ५ बजेतिर रोकिएको महानगर यातायातको बा४ख १०४ नम्बरको बसमा आगलागी भएको छ ।

आगलागी भएको केही समयमा नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए ।

उनले भने, ‘आगलागी भएलगत्तै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । बस पूर्ण रूपमा जलेको छ, मानवीय क्षति भएको छैन ।’

बसको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागी भएको १५ मिनेटमा नै नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।