भोलि एमालेको सचिवालय बैठक बस्ने

भोलि एमालेको सचिवालय बैठक बस्ने


काठमाण्डु – नेकपा एमालेले भोलि आईतबार साँझ केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आईतबार साँझ ५ बजे नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टीको सचिवालयको बैठक बस्ने भएको छ ।

बैठकमा आसन्न उपनिर्वाचन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण सम्बन्धी विवाद र समसामयिक विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ ।