निशेधाज्ञा तोडेपछि रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

निशेधाज्ञा तोडेपछि रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार


काठमाण्डु – सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।

पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बने पनि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् ।

अटेरी गरे थप बल प्रयोग गर्न बाध्य हुने प्रहरीले माइकिङ गर्दै चेतावनी दिइरहे पनि कार्यकर्ता बाहिरिन मानेका छैनन् ।

सहकारी ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा रहेकाले उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराउने क्रममा पार्टी कार्यकर्ताले निशेधाज्ञा तोडेका हुन् ।