तेस्रो टी-२० मा अमेरिकाविरुद्ध नेपाल बलिङ गर्दै

तेस्रो टी-२० मा अमेरिकाविरुद्ध नेपाल बलिङ गर्दै


काठमाण्डु-अमेरिकासँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारे बलिङ गरिरहेको छ ।

डालासमा जारी खेलमा घरेलु टोली अमेरिकाका कप्तान मोनन्क पटेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरिरहेको हो ।

नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।