इजरायलद्वारा लेबनानका दर्जनौं भवन ध्वस्त

इजरायलद्वारा लेबनानका दर्जनौं भवन ध्वस्त


काठमाण्डु-हिजबुल्लाह समूहप्रति आक्रोशित इजरायलले लेवनानमाथिको आक्रमणलाई तिब्रता दिन थालेको छ ।

हिजबुल्लाह समूहलाई सहयोग गर्ने संस्थामाथि पनि इजरायल आक्रामक हुन थालेको हो । इजरायलले आइतबार राति हिजबुल्लाह समूहलाई सहयोग गर्ने बैंक तथा वित्तिय संस्थामाथि आक्रमण गरेको छ ।

राजधानी बेरुत तथा दक्षिणी लेबनानका कयौँ वित्तिय संस्थामा आक्रमण भएको बीबीसीले जनाएको छ । रातभरी नै ति क्षेत्रमा विस्फोटको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

आक्रमणबाट वित्तीय संस्था रहेका ठूला भवन ध्वस्त भएका छन् । यस्तै हिजबुल्लाहकै नियन्त्रण रहेको बेरुतको दक्षिणी क्षेत्र दहिह शहरमा इजरायली सेनाले आठवटा हवाई आक्रमण गरेको छ । आक्रमणअघि इजरायलले बेरुतसहितका विभिन्न २४ स्थान खाली गर्न चेतावनी जारी गरेको थियो ।

यसअघि हिजबुल्लाह समूहले आइतबार इजरायलका विभिन्न सैन्य क्याम्पलक्षित रकेट प्रहार गरेको थियो ।