पोेखरामा रास्वपाको आज पनि प्रदर्शन

पोेखरामा रास्वपाको आज पनि प्रदर्शन


काठमाण्डु-पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्दैछ । रास्वपाले मध्यान्ह १२ पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

सरकारले प्रतिशोध साँधेको भन्दै राजनीतिक प्रतिशोधका विरुद्ध आन्दोलन जारी राख्ने रास्वपाले जनाएको छ । विरोध कार्यक्रममा सहभागी हुन रास्वपाले नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ । शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले आइतबार पनि विरोध कार्यक्रम गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले पोखराको शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरे पनि रास्वपाका कार्यकताले निषेधाज्ञा तोडेर आइतबार शहीदचोकमा प्रदर्शन गरेका थिए ।

लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले ६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।