एनपीएल : कर्णाली याक्समा हुसैन र सुदूरपश्चिम रोयल्समा ब्रान्डन भित्रिए

एनपीएल : कर्णाली याक्समा हुसैन र सुदूरपश्चिम रोयल्समा ब्रान्डन भित्रिए


काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई भित्रयाएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

यस्तै सुदूरपश्चिम रोयल्सले पनि पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई टिममा ल्याएको छ ।

कर्णाली याक्सले २८ वर्षीय तलातलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्धन गरेको हो । तलात टेस्ट राष्ट्रबाट एनपीएलका लागि अनुबन्ध हुने पहिलो खेलाडी पनि बनेका छन् ।

पाकिस्तानको राष्ट्रिय टिमबाट तलातले टी–२० आईका १८ खेलमा ३९४ रन बनाएका छन् । सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै तलातले टी–२० आई क्रिकेटमा डेब्यु गरेका थिए ।

कर्णालीका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी हुन् । कर्णालीले टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

कर्णाली याक्सले अक्सनबाट टोलीको ‘ए’ श्रेणीबमा राष्ट्रिय टोलीका गुल्सन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

सुदूरपश्चिम रोयल्सले भित्रयाएको २५ वर्षीय ब्रान्डनले टी–२० आईका १६ खेलमा ४९७ रन बनाएका छन् । २२ ओडीआई खेलमा ब्रान्डनले ७२१ रन जोडेका छन् ।

२२ ओडीआई खेलमा ३० विकेट लिँदा टी–२० आईका १६ खेलमा २ विकेट लिएका छन् । ब्रान्डनले टी–२० आईमा सन् २०२३ जुलाई २० मा जर्मनीविरुद्ध डेब्यु गरेका थिए ।

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले प्रशिक्षकमा भने नेपाली राष्ट्रिय टिमा पूर्वप्रशिक्षक जगत टमाटालाई नियुक्त गरेको छ । पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।