पूर्वडिआईजीपी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

पूर्वडिआईजीपी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो


काठमाण्डु – पूर्वडीआईजीपी छविलाल जोशीलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ ।

सूर्यदर्शन सहकारीमा रकम अपचलन गरेको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका जोशीलाई सोमबार बिहान रुपन्देही पठाइएको हो ।

गत असोज ६ गते पक्राउ परेका जोशी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइने कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिए ।

रुपन्देही प्रहरीको आग्रहमा जोशीलाई रुपन्देही पठाइएको हो ।