काठमाण्डु – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार राति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् ।
वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । उनी कात्तिक दोस्रो हप्ता स्वेदश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया