सुनको मूल्यले छैँटौ दिन पनि बनायो रेकर्ड, चाँदीमा तेस्रो रेकर्ड

सुनको मूल्यले छैँटौ दिन पनि बनायो रेकर्ड, चाँदीमा तेस्रो रेकर्ड


काठमाण्डु – सुनको मूल्यले लगातार छैँटौ दिन नयाँ रेकर्ड कायम गरेको छ । त्यस्तै चाँदीको मूल्यले पनि लगातार तेस्रो दिन रेकर्ड कायम गरेको छ ।

मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महसंघले आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले निरन्तर छैटौं दिन पनि नयाँ रेकर्ड बनाएको हो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर तेस्रो दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।