धनुषामा स्कुल बसले ठक्कर दिँदा ११ वर्षिया बालिकाको मृत्यु, बसमा आगजनी

धनुषामा स्कुल बसले ठक्कर दिँदा ११ वर्षिया बालिकाको मृत्यु, बसमा आगजनी


जनकपुर– धनुषाको धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डलको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिका मण्डललाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको डिएसपी सिंहले बताए ।

बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेपछि बस पूर्ण रुपमा जलेर ध्वस्त भएको डिएसपी सिंहले जानकारी दिए ।