विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेश गर्न संसदीय समितिलाई सभामुखको निर्देशन

विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेश गर्न संसदीय समितिलाई सभामुखको निर्देशन


काठमाण्डु – सभामुख देवराज घिमिरेले संसदीय समितिहरूका सभापतिहरूलाई समितिमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् ।

मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूको बैठकमा सभामुख ििघमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भन्दै सोधेका थिए ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले आवश्यक प्रक्रिया पु¥याएर पास गरी आगामी महाधिवेशनमा पेस गर्न निर्देशन दिएको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोत्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए ।

बैठकमा समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका थिए । संसद् अधिवेशन स्थगित भएपछि अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरूको भनाइ थियो ।

बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले सभामुख घिमिरेसँग गुनासो गरेका थिए ।