रास्वपाका ९ सांसदविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डौमा जाहेरी

रास्वपाका ९ सांसदविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डौमा जाहेरी


काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ९ सांसदविरुद्ध जाहेरी परेको छ ।

युवराज पौडेल सफलले रास्वपाका पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेपछि सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गर्ने, अनुसन्धानमा भाँजो हाल्ने काम गरेको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा (५०) को उपदफा (४) बमोजिम जेल सजाय र जरिवाना माग गर्दै जाहेरी दिएका हुन् ।

सफलले रास्वपाका सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, हरि ढकाल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, डा. तोशिमा कार्की, गणेश पराजुली, मनिष झा र सन्तोष परियारविरुद्ध जाहेरी दर्ता गरेका हुन् ।

जाहेरीमा सबैलाई ती वर्ष जेल सजाय र ३० हजार जरिवाना माग गरिएको छ ।