बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु


धनुषा – बसको ठक्करबाट धनुषामा साइकल यात्रीको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका–२ गोद्राहास्थित सडकमा देउरीबाट कटैयातर्फ जाँदै गरेको बा३ख ९०६५ नम्बरको बसको ठक्करबाट साइकलयात्री धनौजी गाउँपालिका–२ गोद्राहा बस्ने वीरेन्द्र कुमार मण्डलकी छोरी ११ वर्षीया आरोही कुमारी मण्डलको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । सोही विषयलाई लिएर स्थानीयहरूले बसमा आगजनी गर्दा बस पूर्ण रूपमा जलेर क्षति भएको छ ।

प्रहरीले हाल फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।