जुनियरको ह्याट्रिकमा डर्टमन्डविरुद्ध मड्रिडको जित

जुनियरको ह्याट्रिकमा डर्टमन्डविरुद्ध मड्रिडको जित


काठमाण्डु-युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई हराएको छ । बुधबार बिहान सकिएको खेलमा मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो ।

मडिड्रका लागि भिनिसियस जुनियरले ह्याट्रिक तथा एन्टोनियो रुडिगर र लुकास भाजक्युजले समान एक गोल गरे । यो जीतसँगै रियल मड्रिड ३ खेलमा ६ अङ्कसहित तालिकाको नवौं स्थानमा छ । डर्टमन्ड ३ खेलमा ६ अङ्कसहित पाँचौं स्थानमा छ ।

यस्तै च्याम्पियन्स लिगको अरू खेलमा एएस मोनाको, एसी मिलान, आर्सनल, भीएफबी स्टुटगार्ट, स्पोर्टिङ सीपी, गिरोना एफसी र एस्टन भिला विजयी भएका छन् । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र पीएसभी आइन्सहोभेनबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ ।