एएफसी यु–१७ एसियन कप आजदेखि हुँदै

एएफसी यु–१७ एसियन कप आजदेखि हुँदै


काठमाण्डु-एएफसी यु–१७ एसियन कप छनोट अन्तर्गत समूह एफका खेलहरू आजदेखि सुरु हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेलमै साविक विजेता जापानको सामना गर्न लागेको हो । नेपाल र जापान यु–१७ फुटबल टिमबीचको खेल कतारको दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ ।

आजै समूह ए मा रहेका घरेलु टोली कतार र मंगोलियाबीच पनि खेल हुनेछ । एएफसी यु–१७ एसियन कप चारपटक जितिसकेको जापान नेपालको लागि बलियो प्रतिद्वन्द्वी हो ।

नेपालले समूहको दोस्रो खेल शुक्रबार आयोजक कतार र तेस्रो खेल आइतबार मंगोलियासँग खेल्नेछ ।