प्रधानमन्त्री ओलीले ३ बजे सम्बोधन गर्दै सरकारको १०० दिनका प्रगति सार्वजनिक गर्ने

प्रधानमन्त्री ओलीले ३ बजे सम्बोधन गर्दै सरकारको १०० दिनका प्रगति सार्वजनिक गर्ने


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे मुलुकका नाममा सम्बोधन गर्दै सरकारले १०० दिनमा गरेका प्रगती सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्री लीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै प्रगति सार्वजनिक गर्ने निर्णय बिहान बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले गरेको हो ।

ओलीको नेतृत्वमा असार ३० गते गठबन्धन सरकार गठन भएको थियो । सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि सत्तारुढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बसेको थियो ।

बैठकमा सरकारको सय दिनका उपलब्धि र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकपछि पोखरेलले आगामी दिनमा सरकारले गर्ने थप कामका बारेमा शुक्रबार सत्तारुढ दलको बैठक बसेर निर्णय गर्ने निर्णय भएको पनि जानकारी दिए ।