जन्मदिनको खर्च निर्मलाको परिवारलाई ,बाबुराम भट्टराईले गरे हस्तान्तरण

जन्मदिनको खर्च निर्मलाको परिवारलाई ,बाबुराम भट्टराईले गरे हस्तान्तरण


काठमाडौं – अष्ट्रेलियाको क्यान्बेरामा कार्यरत गोर्खाको भीमसेन गाउँपालिका- १ मसेल स्थायी घर भएका अनिल पाण्डे र सविता भट्टराईले आफ्नी छोरीको जन्मदिन खर्च कटाएर निर्मला पन्तको परिवारलाई सहयोग गरेका छन् ।

सहयोगस्वरुप प्राप्त एक लाख रुपैयाँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार शिक्षण अस्पताल पुगेर निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई हस्तान्तरण गरेका हुन् ।

छोरीको बलात्कारपछि हत्या भएको झण्डै चार महिना बित्न लाग्दा पनि न्याय नपाएपछि दुर्गादेवी दम्पत्ति यतिबेला रिले असशनमा छन् । पछिल्लो समय निर्मलाका बुबा यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाएका छन् । अहिले उनलाई उपचार गर्न काठमाडौं शिक्षण अस्पतालमा ल्याइएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले सोमबार उक्त सहयोग रकम शिक्षण अस्पताल पुगेर हस्तान्तरण गरेका हुन् । उनले निर्मलाको परिवारलाई भेट्दै न्याय प्राप्तिको यो लडाईंमा आफ्नो साथ रहेको समेत बताए । निर्मलाकी एक दिदी र बहिनी आमा दुर्गादेवीकै भरमा छन् । घटना घट्नुअघि घरमै चनाचटपट बेचेर परिवारको खर्च चलाउने दुर्गा छोरीको न्यायका लागि अनशनमा बस्नुपरेपछि आर्थिक अभाव भएको छ ।