चितवनका प्रहरी प्रमुख रिमालको सरुवा, मिश्रलाई नयाँ जिम्मेवारी

चितवनका प्रहरी प्रमुख रिमालको सरुवा, मिश्रलाई नयाँ जिम्मेवारी


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भावेश रिमाललाई सरुवा गरेको छ ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा काज सरुवा गरिएको छ । उनको ठाउँमा ब्युरोमै कार्यरत एसपी गौतम मिश्रलाई जिल्ला प्रमुखको नयाँ जिम्मेवारी दिएर पठाइएको छ ।

बुधबार गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवलाई मन्त्रालयमा फिर्ता बोलाएर प्रकाश पौडेललाई सीडीओको जिम्मेवारी दिएर पठाएको छ ।