विश्वकप एसिया छनोट खेलका लागि महिला क्रिकेट टोलीको घोषणा

विश्वकप एसिया छनोट खेलका लागि महिला क्रिकेट टोलीको घोषणा


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलका लागि बुधबार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

आगामी नोभेम्बर ४ देखि १४ तारिखसम्म संयुक्त अरब इरिमेट्स (यूएई) मा हुने उक्त छनोट प्रतियोगिताको लागि पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

छनोट हुने टोलीका अन्य सदस्यीयमा सोनी पाख्रिन उपकप्तान, अलिसा यादव, साना प्रविन, ज्योत्स्निका मरासैनी, कुसुम गोदार, सावित्रा धामी, करिस्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमना केसी, स्नेहा महरा, रचना चौधरी र तिर्सना विक छन् ।

छनोट प्रतियोगितामा आयोजक यूएईसँगै नेपाल, कुबेत र थाइल्याण्ड सहभागी हुनेछन् ।