एएफसी १७ एशियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै

एएफसी १७ एशियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै


काठमाण्डु-एएफसी १७ वर्षमुनिको एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज साबिक विजेता जापानसँग खेलिरहेको छ ।

खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा खेल भइरहेको छ । नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् ।

प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितसकेको छ । नेपालले भने अहिलेसम्म तीन पटक छनौट चरण पार गरेर १७ वर्षमुनिको एशियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै बाहिरिएको छ ।