साफ महिला च्याम्पियनसिप : सेमिफाइनल प्रवेशका लागि नेपाल र श्रीलंका खेल्दै

साफ महिला च्याम्पियनसिप : सेमिफाइनल प्रवेशका लागि नेपाल र श्रीलंका खेल्दै


काठमाण्डु-साफ महिला च्याम्पियनसिप अन्तर्गत आज बिहीबार समूह ‘बी’ का अन्तिम खेल हुँदैछन् ।

आज हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ ।

नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।

समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान अंकबाट भुटान दोस्रो स्थानमा छ । ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ । अंकविहीन माल्दिभ्स पुछारमा छ ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा मालदिभ्सलाई ११–० ले हराएको थियो । आजै हुने दोस्रो खेलमा भुटान र माल्दिभ्स भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल दिउँसो साढे १ बजेदेखि सुरु हुनेछ ।

समूह चरणबाट बाहिरिसकेको माल्दिभ्स आजको खेलमा भुटानसँग अंक खोस्न चाहन्छ ।

सेमिफाइनल प्रवेशसँगै समूह विजेता र उपविजेता बन्न भुटानका लागि आजको खेल महत्वपूर्ण छ । आजका दुई खेलसँगै साफको सेमिफाइनल समीकरण पूरा हुनेछ ।

समूह ‘बी’ को विजेता टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ । उपविजेता टोलीले भने समूह ‘ए’ को विजेता टोली बंगलादेशसँग खेल्नेछ ।