राप्ती नदीमा डुबेर ३ बालिकाको मृत्यु

राप्ती नदीमा डुबेर ३ बालिकाको मृत्यु


लुम्बिनी – दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

लमही नगरपालिका–२ रनियाँपुरका ३ बालिकाको बिहीबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कूल लमहीमा ८ कक्षामा, झरना पत्थरगढवास्थित मार्टिन एकेडेमीमा ४ कक्षामा तथा निशा सोही विद्यालयमा ६ कक्षामा अध्ययनरत थिइन् ।