अमेरिकी क्रिकेटर जोसुअ ट्रोम्प जनकपुरबाट खेल्ने

अमेरिकी क्रिकेटर जोसुअ ट्रोम्प जनकपुरबाट खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-जनकपुर बोल्ट्सले नेपाल सुपर लिग (एनपीएल) का लागि अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई अनुबन्ध गरेको छ ।

जनकपुरले शुक्रबार सामाजिक सन्जालमार्फत जोसुअलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । उनी दायाँ हाते ब्याटर र दायाँ हाते मेडियम पेस बलर हुन् ।

जोसुअले अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्छन् । जहाँ उनले ६ टी २० खेल खेलेका छन् ।