कञ्चनपुरको लालझाडीमा घरमै मृत भेटिए दम्पती, हत्याको आशंका

कञ्चनपुरको लालझाडीमा घरमै मृत भेटिए दम्पती, हत्याको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कञ्चनपुरको लालझाडीमा दम्पती घरको आगनमा अवस्थामा मृत भेटिएका छन् । शुक्रबार बिहान लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमलालाई उनीहरूकै घरको आगनमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए

घटनाबारे स्थानीयले बिहान प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले उनीहरूलाई मृत फेला पारेको हो । घटना शंकास्पद रहेको जोशीले बताए । ‘घटना शंकास्पद छ,’ निमित्त प्रहरी प्रमुख जोशीले भने, ‘मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।’

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडी पुगेको छ ।