लामिछाने पक्राउको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

लामिछाने पक्राउको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शुक्रबार माइतीघर क्षेत्रमा भएको प्रदर्शन सहभागीहरू प्लेकार्डसहित उपस्थित भएर भ्रष्टाचार विरोधी नाराबाजी गरेका छन् ।

रास्वपाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै आनदोलन गरिरहेको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन बिजुली बजारसम्म पुगेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।