काठमाण्डु – निर्वाचन आयोगमा राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निवेदन परेको छ। महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।
सो पार्टीका नेता केशव झाका अनुसार राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको नयाँ पार्टीमा अध्यक्ष महतो र १७३ जना केन्द्रीय सदस्य रहनेछन् ।
पार्टीले चुनाव चिह्न माछा प्रस्ताव गरेको झाले जानकारी दिए । गत फागुनमा महतोले लोसपा परित्याग गर्दै अभियान सञ्चालन गरेका थिए।
महतो यसअघि सद्भावना पार्टी (आनन्दीदेवी), राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा रहेर राजनीति गर्दै पटक–पटक मन्त्रीसमेत भएका थिए।
प्रतिक्रिया