बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

बैठकमा सरकार गठनको १०० दिने कामको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।

यसअघि बुधबार बसेको बैठकले सत्ता साझेदार दलहरूलाई एकढिक्का बनाएर साझा धारणा बनाउने सहमति भएको थियो । त्यसपछि सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरेको आन्दोलनलक्षित छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विपक्षी दलहरू सक्रिय भइरहेका बेला माओवादीले सरकारविरुद्ध सडक आन्दोलन नै घोषणा गरेको छ । विपक्षी दलहरूको सक्रियताको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।