राखेपका पूर्व सदस्यसचिव राणाको निधन

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको शुक्रबार निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।

राणाको शुक्रबारै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए । उनका अनुसार श्रद्धाञ्जलि अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरूको उपस्थिति थियो ।

राखेपको दोस्रो सदस्यसचिवका रूपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्‍याएका थिए । विक्रम संवत् २०१७ देखि २०२४ सम्म राणा परिषद्को सदस्यसचिव भएका थिए ।

नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष भएका राणा हाल आजीवन मानर्थ अध्यक्षको रूपमा रहेका संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।