कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा १० सदस्य थप

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा १० सदस्य थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा १० सदस्य थप गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा शुक्रबार १० सदस्य मनोनयन गरेका छन् ।

मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इन्जिनीयर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाण्डु), गोरखबहादुर केसी (रुकुम पश्चिम), टीएल रिजाल (बर्दिया), इन्जिनीयर धर्मनारायण शाह (सप्तरी), इन्जिनीयर प्रमोद दवाडी (काठमाण्डु), इन्जिनीयर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहेका पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।