लुम्बिनी प्रदेशमा अर्घाखाँची प्रहरी उत्कृष्ट

लुम्बिनी प्रदेशमा अर्घाखाँची प्रहरी उत्कृष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेशका अन्य जिल्ला प्रहरीको तुलनामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयबीच भएको कार्यसम्पादन मूल्यांकनमा तोकिएका नतिजा सूचकहरू उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।

‘सुरक्षित गाउँ शहर, प्रदेश प्रहरीको रहर’ अभियानमा उत्कृष्ट कार्य गरेबापत् लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी अर्घाखाँचीलाई प्रशंसापत्र प्रदान गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

लुम्बिनी प्रदेश प्रहरीले प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयसँग प्रत्येक वर्ष कार्यसम्पादन सम्झौता गर्दै आएको छ । गत वर्षको मूल्यांकनमा पनि अर्घाखाँची प्रहरी नै प्रथम भएको थियो ।