दलाल बिचौलियाले सरकार बनाएको पुष्टि भयो : अग्नि सापकोटा

दलाल बिचौलियाले सरकार बनाएको पुष्टि भयो : अग्नि सापकोटा


काठमाण्डु-माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार दलाल बिचौलियाले बनाएको पुष्टि भएको दाबी गरेका छन् ।

माओवादी केन्द्रले शनिवार काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै सापकोटाले अहिले देशमा पहिलो र दोस्रो ठुलो दलबाट बनेको सरकार अरू कसैले बनाइदिएको सरकार भएको पुष्टि भएको दाबी गरे । जब जनताले सरकारबाट दुःख र सास्ती पाउँछ तब माओवादी अगाडि आउने गरेको पनि उनले बताए ।

सरकार नेपाली जनताको नभएर सीमित दलाल पुँजीपति व्यापारी र माफियाको भएको उनको भनाइ छ । माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताए ।

पटक पटक संसद् विघटन गर्ने पार्टीले लोकतन्त्रको दुहाई दिन नसुहाउने भन्दै उनले फेरि दल फुटाउन अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाए ।