सम्पर्कविहीन १२ जना प्रहरीलाई हाजिर हुन आग्रह (नामसहित)

सम्पर्कविहीन १२ जना प्रहरीलाई हाजिर हुन आग्रह (नामसहित)


काठमाण्डु-नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आइतवार सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन आग्रह जारी गरेको हो ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ के नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।