काठमाण्डु-अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओवामा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसको पक्षमा उभिएकी छिन् ।
पहिलो पटक चुनावी अभियानमा सहभागी ओवामाले डोनाल्ड ट्रम्पको खतराबाट देशलाई बचाउन आग्रह गरेकी छन् । उनले देशको रक्षा गर्नका लागि ह्यारिसलाई भोट गर्न पनि अपिल गरेकी छन् ।
मिशिगन राज्यको चुनावी कार्यक्रममा ह्यारिससँगै उपस्थित ओवामाले ट्रम्पको धम्कीबाट देशलाई जोगाउनु पर्ने बताइन् । राष्ट्रपति पदका दुवै उम्मेदवार ट्रम्पका र ह्यारिस मिशिगन राज्यको चुनावी अभियानमा व्यस्त छन् ।
सोही राज्यमा भएको अर्को कार्यक्रममा ट्रम्पले मिशिगनका नागरिकले नया जीवनका लागि पनि आफूलाई मत दिने विश्वास गरे ।
मिशिगन राज्यको मत राष्ट्रपति निर्वाचनका लागि निर्णायक मानिन्छ । यो राज्यमा दुवै उम्मेदवारको कडा प्रतिस्पर्धा देखिन्छ । राष्ट्रपति पदको निर्वाचन आगामी नोभेम्वर ५ मा हुँदैछ ।
प्रतिक्रिया