नेपाललाई एडिबीको १७ अर्ब ऋण सहयोग

नेपाललाई एडिबीको १७ अर्ब ऋण सहयोग


काठमाडौं–एसियाली विकास बैंक एडिबीले नेपाललाई १७ अर्ब ऋण सहयोग गर्ने भएको छ। एडीबीले सहरी खानेपानी आपूर्ति तथा सरसफाई आयोजना र सासेक ऊर्जा प्रणाली विस्तार आयोजनाका लागि १६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको हो।

सहयोगसम्बन्धी दुवै सम्झौतापत्रमा अर्थसचिव डा राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले सोमबार हस्ताक्षर गरे।
मुुलुकका २० नगरपालिकामा समुदायमार्फत व्यवस्थित खानेपानी तथा सरसफाई कार्यक्रम अघि बढाउन एडिबीको ऋण उपयोग हुने अर्थ मन्त्रालयले जनाएको छ ।

विद्युत प्रसारण लाइनको क्षमता विस्तार, वितरण प्रणाली सुधार र विद्युत प्राधिकरण र बैकल्पिक ऊर्जा पव्रवद्र्धन केन्द्रको क्षमता अभिवृद्धिका लागि सहयोग रकम परिचालन हुने अर्थमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।