पार्टी नेतृत्वप्रति भीम रावलले जनाए असन्तुष्टि, तानाशाही प्रवृत्तिको प्रतिवाद गर्न अपील

पार्टी नेतृत्वप्रति भीम रावलले जनाए असन्तुष्टि, तानाशाही प्रवृत्तिको प्रतिवाद गर्न अपील


काठमाण्डु-एमालेका नेता भीम रावलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधिएको प्रति आपत्ती जनाएका हुन् ।

सोमवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एमालेको जबज, परम्परा र संवैधानिक हक विपरित कुनै बैठक र छलफल बिना नै पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने काम भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

रावलले पार्टीको तानाशाही शैलीविरुद्ध न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूलाई विरोध र प्रतिवादमा उत्रन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरुपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ !’