सिरियामा विद्रोही र सरकारी सेनाबीच तीन दिनदेखि झडप, २०० मारिए

सिरियामा विद्रोही र सरकारी सेनाबीच तीन दिनदेखि झडप, २०० मारिए


काठमाडाैं–सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिनदेखि चल्दै अाएकाे विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा दुर्इ सय जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएका छ ।

झडपमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मी सिरियाको पूर्वी क्षेत्रमा मारिएका छन् । इस्लामिक स्टेट (आइएस) लडाकूले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताले सोमबार जानकारी दिएका छन् । भीडन्तमा अन्य ५१ जना आम नागरिक मारिएको समाचारमा जनाइएको छ ।

यो घटना पछिल्लो समयमा भएका घटनामध्ये धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ)का सुरक्षाकर्मी मारिएको घटना हो । ‘आइएस लडाकूद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५ पछिकै यो ठुलो घटना हो,’ सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले बताए । उनका अनुसार घटनामा ६१ जना जिहादि विद्रोहीसमेत मारिएका छन् । रासस