सरकारी वकिलसामु दिनभर रवि लामिछानेको बयान, सहकारीबाट ऋण नलिएको जिकिर

सरकारी वकिलसामु दिनभर रवि लामिछानेको बयान, सहकारीबाट ऋण नलिएको जिकिर


पोखरा – सहकारी ठगी तथा रकम अपचलन प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सोमबार दिनभर सरकारी वकिल कार्यालयमा बयान भएको छ ।

उनलाई बयानका लागि सोमबार बिहान साढे १० बजे सरकारी वकिल कार्यालय लगिएकोमा कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले लगायत अनुसन्धान अधिकृतहरूले बिहानदेखि अबेर साँझ करीब साढे ७ बजेसम्म बयान लिएका छन् ।

बयानका क्रममा उनले आफू कुनै पनि सहकारीमा सदस्य नरहेको र ऋण पनि नलिएको जिकिर गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीसहित सहकारीको करोड ६५ करोड गोरखा मिडियामा सारिएको आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो ।