क्यानडाका कप्तान निकोलसले विराटनगर र अष्ट्रेलियाका बेनले लुम्बिनीबाट एनपीएल खेल्ने

क्यानडाका कप्तान निकोलसले विराटनगर र अष्ट्रेलियाका बेनले लुम्बिनीबाट एनपीएल खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–मंसिर १५ देखि हुने नेपाल प्रियिमर लिग (एनपीएल)मा क्यानडाका कप्तान निकोलस किर्टोनले विराटनगर किंग्सबाट खेल्ने भएका छन्।

विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलस किर्टोनलाई अनुबन्ध गरेको हो ।

कीर्टोनले क्यानाडाका लागि १८ ओडीआई र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतसहित ५६४ रन बनाएका छन् ।

यस्तै, अष्ट्रेलियन अलराउण्डर बेन कटिङ लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । ३७ वर्षीय अलराउण्ड कटिङले विश्वका प्रमुख्य टी(२० फ्रेन्चाइज लिगहरु इन्डियन प्रिमियर लिग, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग समेत खेलेको अनुभव छ ।

उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि ४ ओडीआई र ७ टी–२० आई खेल खेलेका छन् । उनले बिग बास लिगमा ११७ खेल, पाकिस्तानी लिगमा २७ र आईपीएलमा २१ खेल खेलेका छन् ।

लुम्बिनीले यसअघि इंग्लिस विकेटकिपर टम मुर्सलाई अनुबन्ध गरिसकेको छ ।