गृहमन्त्री भेट्न मन्त्रालय पुगे रास्वपा उपसभापति अर्याल

गृहमन्त्री भेट्न मन्त्रालय पुगे रास्वपा उपसभापति अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।

अर्याल सोमबार साँझ गृहमन्त्री लेखकलाई भेट्न मन्त्रालय पुगेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी गराए ।

उनीहरुबीच १५ मिनेट कुराकानी भएको उनले बताए । रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका बारेमा कुरा गर्न गृहमन्त्री लेखकलाई भेटेको अर्यालले जानकारी गराएका छन् ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन्। गत कात्तिक २ गते लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय चःमतिबाट पक्राउ गरेर पोखरा लगिएको थियो। लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोधविरुद्ध भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।