काठमाण्डु – सरकारले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको जानकारी दिए ।
उनले भने, ‘प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन भएको छ । समिति ८ सदस्यीय रहनेछ ।’
प्रतिक्रिया