काठमाण्डु-नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा काठमाडौंको फोहोरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौंका नदीमा बाढीले ल्याएको फोहोर पनि बञ्चरेडाँडामा विसर्जन गर्नुपरेको हो ।
यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जनमा २०० गाडी प्रयोग हुँदै आएकोमा गत असोज १२ को वर्षापछि दैनिक ३०० गाडी उपयोग हुँदै आएका छन् ।
हाल दैनिक रूपमा एक हजार ६०० मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ ।
साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर व्यवस्थापन बञ्चरेडाँडालाई गरिँदै आएको छ । ‘स्रोतमा नै फोहर पुनः प्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सके मात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ’, वातावरण प्रमुख सरिता राईले भनिन् ।
प्रतिक्रिया