साफ महिला च्याम्पियनशिप : मध्यान्तरसम्म नेपाल र बंगलादेशबीच गोलरहित बराबरी

साफ महिला च्याम्पियनशिप : मध्यान्तरसम्म नेपाल र बंगलादेशबीच गोलरहित बराबरी


काठमाण्डु – साफ महिला च्याम्पियनशिप २०२४ फूटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । नेपालले विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको पहिलो हाफको १० मिनेटमा नेपालकी अनुशा कार्कीले गरेको उत्कृष्ट प्रहार गोल पोस्टको माथिल्लो बारमा लागेर बाहिरियो । खेलको २४औं मिनेटमा बंगलादेशको प्रहार नेपालकी गोल किपर अञ्जली तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गरिन् ।

खेलको २९औं मिनेट सावित्रा भण्डारी (साम्बा) ले दिएको सुन्दर पासलाई अमिशा कार्कीले गोल गर्नबाट चुकिन् ।

खेलको ४१औं मिनेटमा बंगलादेशले कर्नर पायो तर नेपाली खेलाडीले त्यसलाई विफल पारिदिए । कर्नर फाइनल खेलको पहिलो कर्नर हो ।