साफ महिला च्याम्पियनसिप उपविजेता खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने

साफ महिला च्याम्पियनसिप उपविजेता खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सरकारले साफ महिला च्यापियनसिप खेलेका नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै उपविजेता बनेका खेलाडीलाई सरकारले ३ लाख नगदसहित सम्मान गर्ने भएको हो ।

यस्तै पदाधिकारीलाई पनि नगदसहित सम्मान गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपका अनुसार मुख्य प्रशिक्षकले २ लाख, व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।