काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीसँग साफ महिला च्याम्पिनयसिप खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले भेट गरेका छन् ।
प्रधानमन्त्री ओलीले उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भेट गरेका हुन् । भेटघाटको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओली फेसबुकमा लेखेका छन्, ‘लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग ।’
बुधबार साँझ भएको साफ महिला च्याम्पिनयसिपको फाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । खेल हेर्न प्रधानमन्त्री ओली पनि दशरथ रंगशाला पुगेका थिए ।
भेटका क्रममा खेलाडीरूले सरकारबाट पाउनुपर्ने सहयोग नपाएको गुनासो गरे । प्रीति राईले अहिलेसम्मको प्रदर्शनबाट आफूहरू सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाइन् ।
खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरु ‘डिस्ट्रयाक्ट’ हुनुपरेको गुनासो उनले प्रधानमन्त्री ओलीसमक्ष राखिन् । भेटमा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि उपस्थित थिए । नेपाली खेल क्षेत्रको विकासका लागि सरकार सकारात्मक नै रहेको त्यस अवसरमा उनले बताए ।
खेलाडीको गुनासो सुनिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूले राखेको मागप्रति आफू सकारात्मक रहेको बताए । रंगशाला पुरानो भइसकेकाले नयाँ रंगशालाका लागि ठाउँ खोजी भइरहेको र चाँडै बन्ने प्रधानमन्त्रीले जानकारी गराए ।
प्रतिक्रिया