कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिता जोगिँदैन : अध्यक्ष प्रचण्ड

कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिता जोगिँदैन : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने बताएका छन् ।

खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खेल्न आइपुगेका कलाकारहरूसँग अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएदेखि कला र खेलकुद आफ्नो उच्च प्राथमिकतामा रहेको बताए ।

‘यहाँ देउसीभैलो खेल्न आएकोमा तपाईं सम्पूर्णलाई धन्यवाद, हाम्रो संस्कृतिको जगेर्ना गरिने र ऐतिहासिक परम्परालाई सुदृढ गर्ने जिम्मेवारी हामी सबैको हो । यस्ता गतिविधिले नयाँ पुस्तालाई हाम्रो पर्वको महत्त्व र सांस्कृतिक पक्षसँग जानकार गराउँछ । यसले हाम्रो राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ,’ उनले भने ।

कलाकारहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतम लगायत देउसीभैलो खेल्दा अध्यक्ष दाहाल पनि उनीहरूसँगै छमछमी नाचेका थिए ।